Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaट्याक्स रिटर्न गरिदिने भन्दै सिड्नीमा नक्कली एजेण्टले खाइदियो नेपालीको पैसा

ट्याक्स रिटर्न गरिदिने भन्दै सिड्नीमा नक्कली एजेण्टले खाइदियो नेपालीको पैसा


सिड्नी/अष्ट्रेलियाको सिड्नीमा एक नक्कली ट्याक्स एजेण्टले केही नेपालीको हजारौ डलर खाइदिएको छ । ती नक्कली एजेण्टले आफु अष्ट्रेलियन ट्याक्स अफिस एटिओमा काम गर्ने कर्मचारी हु र सस्तो शुल्कमा ट्याक्स रिर्टन गरेर धेरै पैसा निकालिदिन्छु भन्दै धेरै नेपालीलाई ठगी गरेको भेटिएको छ । सिड्नीबाट नेपालट्युबको सम्पर्कमा आएका एक नेपालीले ट्याक्स रिर्टन गरेपछि एटिओबाट पाउनुपर्ने ६ हजार डलर ती नक्कली एजेण्टले अर्कै बैंक खातामा भुक्तानी लिएर ठगि गरेको बताउनुभयो । हामीलाई प्राप्त विवरण अनुसार सिड्नीको क्याम्सीतिर बसोबास गर्ने अनि भारतिय लवजमा कुरागर्ने ती नक्कली एजेण्टले ट्याक्स रिटर्नका लागि नेपालीसंग माइगभ एकाउन्टको आइडी र पासवर्ड माग्ने गरेका छन् । माइगभको विवरण लिएपछि उनले ट्याक्स रिटर्नको प्रकृया अघि बढाउने अनि पैसा भुक्तानीका लागि चाहि सम्बन्धित व्यक्तिको साटो आफ्नो बैंक खातामा पैसा बुझ्ने गरेको पाईएको छ । ट्यास रिर्टन गरेपछि एटिओले वर्षभरी तिरेको कर हिसाब गरेर बढी तिरेको रकम सम्बन्धित करदताकै खातामा फिर्ता गरिदिनेगर्छ । तर, नक्कली एजेण्टले सोझा नेपालीलाई झुक्कयाएर, आफ्नो खातामा पैसा भुक्तानी लिएको देखिन्छ । ती नक्कली एजेण्टबाट पीडित भएका केही नेपालीले फेसबुकमा समेत आफ्नो गुनासो राखेका छन् ।

नक्क्ली एजेण्टले पैसा खाइदिएको बारे एक नेपालीले फेसबुकमा लेखेको पोष्ट यस्तो छ ।

हाम्रो सम्पर्कमा आएका व्यक्तिहरुले दावी गरेअनुसार थुप्रै नेपालीको ती नक्कली एजेण्टले ट्याक्स रिटर्नको नाममा पैसा खाइदिएको छ । दुखको कुरा त के छ भने, पीडत नेपालीलाई ती नक्कली एजेण्टको फोन नम्बर बाहेक नाम, ठेगाना र अन्य कुनै पनि विवरण थाहा छैन । साथीले पहिले पनि ट्याक्स रिटर्न गरेर धेरै पैसा फिर्ता लिएको भन्ने सुनेर आफुले पनि उनैसंग ट्याक्स रिटर्न गरेको ती पीडितले बताए । ती व्यक्तिले फोनबाटै सबै विवरण लिने भएकाले अधिकांशले उनलाई भेटेका छैनन् । राम्रोसंग नबुझि आखा चिम्लिएर विश्वास गर्दा धोका पाएको ती पीडितले बताए । हामीले उक्त नक्कली ट्याक्स एजेण्ट भनिने व्यक्तिलाई फोन गरेर बुझ्दा पनि उनले आफु एटिओमा काम गर्ने र ट्याक्स रिटर्न गरिदिने दाबी गरे । उनले आफ्नो व्यक्तिगत विवरण नभन्ने र एटिओमा काम गर्ने पद पनि खुलाउन नमिल्ने जिकिर गरे । उनले ग्राहकको आम्दानीको आधारमा ट्याक्स रिर्टन गरेको शुल्क लिने बताए । उनले आफु ट्याक्स एजेण्ट नभएपनि कानुन अनुसार नै माइगभमा लगइन गरेर इच्छुक मानिसहरुलाई ट्याक्स रिर्टनका लागि सहयोग गर्ने गरेको स्विकारे ।

पैसा माग्दा भिषा रद्ध गरिदिने धम्की

पीडितहरुले आफ्नो पैसा माग्दा ती नक्क्ली एजेण्टले उल्टै भिषा रद्ध गरेर नेपाल फर्कादिने धम्की दिएको पीडितले बताएका छन् । ट्याक्स रिटर्न गर्दा गलत विवरण भरेकाले एटिओले छानविन गरिरहेको र गल्ती भेटिए भिषा रद्ध गरेर नेपाल फर्कादिेन भन्दै ती नक्कली एजेण्टले थप पैसा असुल गरेको हो । पीडितका अनुसार ती नक्क्ली एजेण्टले कारवाहीबाट जोगिने भए एटिओको आफ्नो हाकिमसंग कुरा गर्नुपर्ने र पैसा दिनुपर्ने भन्दै पीडितहरुसंग थप पैसा लिएको देखिन्छ । एटिओको आफ्नो हाकिमसंग कुरा मिलाउनका लागि भन्दै उनले पीडितहरुसंग पटक पटक गरि थप १५ सय देखि २ हजारसम्म पैसा असुल गरेको प्रमाण नेपालट्युबलाई प्राप्त भएको छ । तर, यसरी पैसा असुल गर्न समेत ती नक्कली एजेण्टले नेपालीकै नाम र थर भएको बैंक खातामा पैसा भुक्तानी लिएको देखिन्छ ।

एटिओका हाकिमलाई दिने भन्दै नक्कली एजेण्टले लिएको पैसाको विवरण

पीडितहरुले सिम्खडा थरका व्यक्तिको बैंक खातामा एटिओको हाकिमका लागि भन्दै पैसा पठाएको देखिन्छ । बैंक खातावाला सिम्खडा पनि संलग्न छन् वा उनको खाता दुरुपयोग भएको हो एकिन छैन ।

एटिओ र प्रहरीमा उजुरी, यसरी जोगिन सकिन्छ 

पीडितहरुले ती नक्कली ट्याक्स एजेण्टको कर्तुतबारे एटिओ र न्यु साउथ वेल्स प्रहरीलाई उजुरी गरिसकेका छन् । एटिओले छानविन भइरहेको जानकारी दिएको छ । दर्ता नै नभई ट्याक्स रिटर्नको काम गर्नु गैर कानुनी भएको सिड्नीका रजिष्ट्रर्ड ट्याक्स एजेण्ट डिला खरेलले जानकारी दिनुभयो । कुनै पनि ट्याक्स एजेण्टले ट्याक्स रिर्टनबाट धेरै पैसा निकालिदिन्छु भन्नु नै गलत भएको खरेलले बताउनुभयो । कसैले कानुनले निर्धारण गरेको भन्दा बढी ट्याक्स रिटर्न गर्न नसक्ने खरेलको भनाई छ । दर्ता भएका ट्याक्स एजेण्टले एटिओले दिएको आफ्नौ पोर्टलबाट ग्राहकको टिएफएन वा एबिएन नम्बर र व्यक्तिगत विवरणमार्फत ट्याक्सको काम गर्ने भन्दै कसैले माइगभ एकाउण्टको लगइन र पासवर्ड माग्छ भने त्यहा केही न केही गडबड छ भनेर थाहा पाउनुपर्ने खरेलको भनाई छ । त्यसैले सस्तो हुने तथा पैसा धेरै आउने लोभमा जहापायो त्यहि ट्याक्स रिटर्न नगर्न तथा दर्ता भएका ट्याक्स एजेण्टसंग मात्रै आफ्नो करको काम गर्न पनि खरेलले सुझाव दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ