Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएले प्रधानमन्त्री देउवालाई गराइयो नागरिकता विधेयक बारे ध्यानाकर्षण

एनआरएनएले प्रधानमन्त्री देउवालाई गराइयो नागरिकता विधेयक बारे ध्यानाकर्षण


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले संसदमा विचाराधिन नागरिकता विधेयकबारे चासो राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ । सत्तारुढ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिलाउने बारे उल्लेख भएपछि एनआरएनको डेलिगेसन टोलीले प्रधानमन्त्री देउवालाई भेटेको हो ।

संघका अध्यक्ष कुमार पन्तले कोरोना महामारीले प्रभावित श्रमिकको उद्दार, नेपाल ल्याइएका श्रमिकको पुनस्र्थापना र राहत कार्यक्रम ल्याउन एनआरएनले सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । आगामी अक्टोबर १० मा हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्रीको आतिथ्यताको लागि पनि एनआरएनले आग्रह गरेको पन्तले बताउनुभयो । अध्यक्ष पन्तका अनुसार भेटमा प्रधानमन्त्रीले यथाशक्य छिटो नागरिकता, ब्रिटिस गोर्खाको समस्या समाधान, श्रमिकको लागि राहत कार्यक्रम कार्यान्वयन गर्नेबारे प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएको चासो एवंम सरोकारका विषयमा सरकार सकारात्मक रहेको दाबी गर्नुभएका प्रधानमन्त्री देउवाले प्रतिबद्धता पुरा गर्नेमा डेलिगेसन टिम आशावादी रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ