Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनए बेलायतको अध्यक्षमा प्रेम गाहा मगरसहित पुरै प्यानल निर्वाचित

एनआरएनए बेलायतको अध्यक्षमा प्रेम गाहा मगरसहित पुरै प्यानल निर्वाचित


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । दीपक श्रेष्ठ र रोजिना प्रधानलाई पछिपार्दै मगरसहितको पूरै प्यानलले जित हासिल गरेको हो ।

मगरले ४ हजार ५ सय ७४ मत पाउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । बिहीबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विवादले नतिजा नेपाली समयाअनुसार शनिबार बिहान सार्वजनिक गरिएको थियो । ५ दर्जन उम्मेदवार भएपनि गाहा मगरको समावेशी समूहले सबै पदमा जित हासिल गरेको छ । दुई उपाध्यक्ष पदमा सुनिलबाबु खड्का र गोविन्द खरेल विजयी हुँदा महिला उपाध्यक्षमा शकुन्तला गुरुङ विजय भइन् । नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेल र स्कटल्यान्डबाट मोहन कार्की विजयी भएका छन् । महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भए । सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ