Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाकाे मुर्रे नदीमा पाैडी खेल्दा एक नेपाली विद्यार्थी बेपत्ता ।

अष्ट्रेलियाकाे मुर्रे नदीमा पाैडी खेल्दा एक नेपाली विद्यार्थी बेपत्ता ।


सिड्नी

नदीमा पाैडी खेल्ने क्रममा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका छन् । 

अष्ट्रेलियाकाे न्यु साउथ वेल्स र भिक्टाेरिया राज्यकाे सिमानामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पाैडी खेल्दा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन् । 

बुधबार साँझ सात बजेतिर घटना भएकाे हाे । घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खाेजी तिब्र पारेका छन् । तर, नदिकाे पानी धमिलाे भएकाले खाेजी कार्य प्रभावित भएकाे संचारमाध्यमले जनाएका छन् । 

हराईरहका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए । 

पण्डित पहिलाे पटक नदीमा पाैडी खेलिरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार घुडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल फालाफाल गर्दै रमाईलाे गरिरहेका थिए । अचानक विगुल अचानक गायब भएपछि सबै जना मिलेर खाेजेका थिए । 

दुई साता अघि पनि एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खाेज्दा निश्चल घिमिरेकाे समुन्द्रमा डुबेर ज्यान गएकाे थियाे । 

नेपालीकाे जनसंख्या बढेसंगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीकाे संख्या पनि बढिरहेकाे छ । 

समुन्द्र बारे जानकारी नहुनु र पाैडी खेल्न नआउदा यस्ता घटना वर्षेनी दाेहाेरीरहेकाे अन्तराष्ट्रिय विद्यार्थी काउन्सिलका अध्यक्ष विजय सापकाेटाले बताउनुभयाे । अष्ट्रेलियामा बस्ने र आउनेहरुले पाैडी र समुन्द्र बारे जानकारी लिनैपर्ने सापकाेटाकाे भनाई छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ