Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको एनआरएनए चुनावी कार्यतालिकामा हेरफेर । के के भयो परिवर्तन ?

अष्ट्रेलियाको एनआरएनए चुनावी कार्यतालिकामा हेरफेर । के के भयो परिवर्तन ?


ब्रिजवेन

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकामा हेरफेर गरेको छ । ठोस कारण उल्लेख नगरी हेरफेर गरेको नया तालिका फेसबुकमा सार्वजनिक गरिएको हो ।
परिमार्जन गरिएको तालिकामा सदस्यहरुको विवरणमा गुनासो आए, छानविन र उजुरी गर्ने व्यवस्था नै हटाईएको छ । यसअघि जुलाई ८ मा सदस्यहरुको विवरण सार्वजनिक गरिने र उक्त विवरणमा कसैलाई शंका वा आपत्ति भएमा उजुरी र गुनासो गर्न जुलाई ९ देखि ११ तारिखसम्म समय छुट्याइएको थियो । तर, यसबिचमा सदस्यहरुको विवरण नै सार्वजनिक भएन । अब नया तालिका अनुसार जुलाई १३ तारिख मध्यरातभित्र एकै पटक सदस्यहरुको अन्तिम विवरण सार्वजनिक गरिनेछ । एनआरएनएका अध्यक्ष केशव कँडेलले सदस्यतामा समस्या देखिएका आवेदकलाई सार्वजनिक सुचना, इमेल र फोन नै गरेर थप कागजपत्र र विवरण माग गरिएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले सबै सदस्यहरुको पब्लिक एडिट अनिवार्य हुनुपर्ने बताउनुभयो । प्रमाणिकरणको लागि समय प्रयाप्त नभएपछि एनआरएनए अष्ट्रेलियाले निर्वाचन आयोग समक्ष अन्तिम सुचि सार्वजनिक गर्ने समय केही दिनपछि सारी दिन आग्रह गरे अनुसार निर्णय भएको सिग्देलले जानकारी दिनुभयो ।
नया तालिका अनुसार १४ र १५ जुलाईमा इच्छुक उमेद्वारले उमेद्वारी दर्ता गर्न सक्नेछन् । १६ तारिखमा उमेद्वारको विवरण सार्वजनिक र १८ मा उमेद्वारी बारे गुनासो र १९ र २० तारिखमा उमेद्वारी फिर्ता लिने समय दिइएको छ । २१ तरिखमा उमेद्वारको अन्तिम विवरण सार्वजनिक हुनेछ । त्यस्तै २५ तारिखमा समुदायसंग छलफल र ३१ तरिखमा चुनाव र परिणाम घोषणा गरिने तालिकामा उल्लेख छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ