Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपाकिस्तान–चीन व्यापार सीमा बन्द भएकोमा इस्लामाबादमा विरोध प्रदर्शन

पाकिस्तान–चीन व्यापार सीमा बन्द भएकोमा इस्लामाबादमा विरोध प्रदर्शन


एजेन्सी, इस्लामावाद । कोभिड–१९ महामारीका कारण विगत २० महिनादेखि पाकिस्तान–चीन व्यापार सीमा बन्द भएपछि पाकिस्तानी व्यापारीहरूले इस्लामाबादमा विरोध प्रदर्शन गरेका छन् । सीमा बन्द गर्दा पाकिस्तानी व्यापारीहरुले ठूलो क्षतिको सामना गर्नु परेको छ ।

व्यापारीहरूले उनीहरूको व्यवसायलाई ठूलो क्षति भएको उल्लेख गर्दै सीमा खोल्नको लागि एक हप्ताको म्याद दिएका छन् । इस्लामाबाद र गिलगिट-बाल्टिस्तान (जीबी) मा धर्ना दिने चेतावनीसमेत उनीहरुले दिएका छन् । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्यातकर्ता संघका अध्यक्ष जावेद हुसेनको नेतृत्वमा जीबीबाट आएका व्यापारीहरूको समूहले प्रधानमन्त्री इमरान खान, सेना प्रमुख जनरल कमर जावेद बाजवा, विदेश मंत्री, वाणिज्य मन्त्री र पाकिस्तानका चिनियाँ राजदूतलाई सीमा खोल्न आग्रह गरेका छन् । उनले पाकिस्तान र चीनको व्यापारलाई निरन्तरता नदिए दुबै मुलुकले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत बताएका छन् ।

हुसेनले सीमा बन्द भएपछि व्यापारीले करोडौं रूपैयाँ गुमाएको छ । ‘यस क्षेत्रका सबै व्यापारीहरूले आफ्नो माग पूरा नभए खुन्जेरब पास, संसद भवन र विदेश मन्त्रालय बाहिर धर्ना दिन बाध्य हुनेछौं’ उनीहरुले भने । जीबीका व्यापारीहरूले लामो समयदेखि बन्द हुँदा ठूलो संकट सिर्जना भइसकेको र धैर्यताको बाँध टुटिसकेको बताएका छन् । उनले पाक-चीन क्षेत्रका सबै साना र ठूला व्यापारीहरूको जीविका नै संकटमा पर्ने चेतावनी दिएका छन् । हुसेनले भने, ‘पाकिस्तानी परराष्ट्र मन्त्रालयले पाक-चीन सीमा पुनः खोल्न अधिसूचना जारी गरेको छ । यहाँ याद गर्न सकिन्छ कि चीनले यसअघि खुन्जेरब सीमा व्यापारका लागि खोल्न सहमत भएको थियो तर कोरोनाको अवस्थालाई कडा शर्तहरु राखेको थियो ।’

चिनियाँ सरकारले तोकेको शर्तमा पाकिस्तानी निर्यातकर्ता र आयातकर्तालाई चीन प्रवेश गर्न नदिइने र उनीहरूले पाकिस्तानको सीमापट्टि माल निरीक्षण र भन्सारका लागि सामान लोड गर्ने र उतार्ने कुरा भएको पाकिस्तान टुडेले जनाएको छ । यो सहमति भए पनि पालना नभएको र सीमामा रोक लगाइएको व्यापारीहरुले जनाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ