Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबिगतमा देशको अर्थ व्यवस्था राम्रो नहुँदा ऋणको भार बढ्यो : प्रधानमन्त्री खान

बिगतमा देशको अर्थ व्यवस्था राम्रो नहुँदा ऋणको भार बढ्यो : प्रधानमन्त्री खान


एजेन्सी। पाकिस्तानमा निरन्तर अबौं डलरको ऋण थपिँएको प्रति प्रधानमन्त्री इमरान खानले चिन्ता ब्यक्त गर्नुभएको छ । देशको अर्थ व्यवस्था बिगतमा राम्रोसँग व्यवस्थापन हुन नसक्दा ऋण थपिदै गएको प्रधानमन्त्री खानले स्वीकार गर्नुभएको हो ।

इस्लामाबादमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री खानले विगतमा लिइएको ऋणले देशको धनसम्पत्ति सिर्जना गर्नुको सट्टा थप ऋणको बोझलाई बढाइदिएको धारणा राख्नुभएको छ । द न्युज इन्टरनेसनलले पाकिस्तान सरकारले देशको ऋण फिर्ता लिन सम्पत्ति निर्माण गर्ने परियोजनामा ध्यान केन्द्रित गरिरहेको जवाफ प्रधानमन्त्री खानले दिएको जनाएको छ । पाकिस्तानमा कोभिड–१९ को घटनाहरूको बढ्दै जाँदा भएको आर्थिक अभाव र असर पर्नेलाई राहत प्याकेज बितरण गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई सम्पर्क गर्नेछ।

देशमा ऋण थपिइरहेपनि मुख्य चिन्ताको विषय जनतालाई गरिवीबाट हटाउनु रहेकोमा प्रधानमन्त्री खानको जोड रहेको छ । खानले सरकारले ऋणका लागि आईएमएफसँग कुरा गर्ने जानकारी दिदै पाकिस्तानको अर्थव्यवस्था सुधार हुँदै गइरहेको सकारात्मक संकेतकहरूका बीच महामारीले संकट थपीदिएकोले अर्थब्यवस्था सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ