Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको एकसाताको कारोना विश्लेषण, परिक्षण घट्यो कि संक्रमणदर ?

नेपालको एकसाताको कारोना विश्लेषण, परिक्षण घट्यो कि संक्रमणदर ?

स्वास्थ्य मन्त्रालय भन्छ, "कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण"


काठमाडौं । पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या घटेको देखिएपनि संक्रमणको चेन ब्रेक भएर नभई परिक्षणको दायरा घटेकाले संक्रमण संख्यामा कमि आएको पाइएको छ । बैशाख २८ गते २१ हजार ३ सय १६ जनाको पीसीआर परिक्षण गरेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकोमा त्यसपछि परिक्षणको दायरा केही घटेको पाइएको छ । संक्रमितको संख्या घटेर कोरोना महामारिको दोश्रो लहर केही कमजोर भएको आँकलन गरिदैगर्दा सोमबार बढाइएको परिक्षणसँगै संक्रमण र मृत्युदर उकालो लागेको छ ।

पछिल्लो एकसातामा गरिएको पीसीआर परिक्षण र संक्रमणको अवस्था हेरौँ
जेठ ३ गते सोमबार : २१ हजार ६५३ पीसीआर परिक्षण र ४३४ एन्टिजेन परिक्षण हुँदा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि । ५ हजार ७६७ जनाले कोरोना जित्दा २१४ जनाको मृत्यु ।
जेठ २ गते आइतबार : १९ हजार ८ सय ८३ जनामा परिक्षण हुँदा ७ हजार ३ सय ६८ संक्रमित फेला परे । १ सय ४५ जनाको मृत्यु भयो । ६ हजार ६ सय ४८ जना निको भएका थिए ।
जेठ १ गते शनिबार : १८ हजार ५ सय ४८ जनामा परिक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भयो । कोरोनाकै कारण १ सय ८७ जनाको ज्यान गयो । ५ हजार ४ सय ५५ जना निको भए ।
३१ गते शुक्रबार : २१ हजार ४ सय ७८ जनामा परिक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भयो । ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भए । २ सय ३ जनाको मृत्यु भयो ।
३० गते बिहिबार : २० हजार २ सय ४५ जनामा परिक्षण गर्दा ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भयो । ५ हजार ५५ जना कोरोनामुक्त भए । २ सय १४ जनाले ज्यान गुमाए ।
२९ गते बुधबार : २० हजार ७ सय ८६ जनामा कोरोना परिक्षण गर्दा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भयो । ४ हजार ४ सय ४४ जना संक्रमण मुक्त भए । १ सय ६८ जनाले कोरोनाकै कारण ज्यान गुमाए ।
बैशाख २८ गते मगंलबार : सरकारले २१ हजार ३ सय १६ जनामा कोरोना परिक्षण गर्दा संक्रमितको संख्या अहिलेसम्मकै धेरै ९ हजार ४ सय ८३ पुग्यो । सोही दिन अहिलेसम्मकै धेरै एकैदिन २ सय २५ जनाको मृत्यु भयो । ५ हजार २ सय २५ जना संक्रमण मुक्त भए ।

एक सातको यो तथ्याङकअनुसार ३१ गते २१ हजार ४ सय ७८ परिक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएर संक्रमणदर केही घटेजस्तो देखिएपनि परिक्षणको सिमितताले संक्रमण केही तलमाथी भएको देखिन्छ । कतिपय स्थानमा त मानिसहरु कोरोनाको लक्षण देखिदा समेत परिक्षण नगराएर घरमै बसेका छन् । न त उनीहरुको कन्ट्रयाक ट्रेसिङ भएको छ न त कस्तो अवस्थामा छन् भन्ने बारे सरकारले नै चासो लिएको छ ।

सोमबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । संक्रमित मध्ये अधिकांश संक्रमित होमआइसोलेसनमा रहेका छन् । संक्रमित पुष्टि भएका मध्ये ६ हजार ९७० जना मात्रै अस्पतालमा छन् । तर पनि अस्पतालमा बेडसहित अक्सिजन अभावको समस्या बिरामीहरुले झेलिरहेका छन् । अस्पताल पुग्ने विरामीकोले उपचार नपाएर छटपट्टिनु परेका दृश्यहरु पनि अहिले सामान्य बन्न थालेका छन् । अक्सिजनको चरम अभावका कारण पूर्वाधार भएका अस्पताले गम्भिर संक्रमितको उपचारबाट हात झिक्दा कोरोना संक्रमितको उपचारका लागि बनेका भवन तथा शैयाहरुको समेत प्रयोग हुन सकेको छैन् ।

सोमबार थपिएका संक्रमित
प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, ओखलढुंगामा १२, खोटाङमा १७, झापामा १७४, ताप्लेजुङमा ९, तेह्रथुम १९, धनकुटामा ६३, पाँचथर २१, भोजपुरमा २, मोरङमा ४६९, संखुवासभामा ६४, सोलुखुम्बु ३ र सुनसरी ३०० जना, प्रदेश २ को धनुषामा २३२, पर्सामा ९८, बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जना, बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ३४६ जना, काभ्रेमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, भक्तपुरमा २९८, मकवानपुरमा १२४, रामेछापमा ५४, ललितपुरमा ४५४, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ३६ जना, गण्डकी प्रदेशको कास्कीमा ४३४, गोरखामा ५६, तनहुँमा २८, नवलपरासी पूर्वमा ८, पर्वत ६०, मनाङ २, मुस्ताङ १, म्याग्दी ५७, लमजुङमा ४८, बागलुङमा ७ र स्याङजामा ८५ जना, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा २०, गुल्मीमा ४४, दाङमा १३७, नवलपरासीमा २८, पाल्पामा ९४, प्यूठानमा ३, बर्दियाका ३१३, बाँकेमा ३७८, रुपन्देहीमा ४१३ र रोल्पामा २ जना, कर्णाली प्रदेशको कालिकोटमा १३, जाजरकोटमा ४६, जुम्ला ७, दैलेखमा ३५, मुगु १, रुकुम पश्चिममा १६, सल्यानमा २६, सुर्खेतमा १९६ जना, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २१८, कैलालीमा ७४३, डडेल्धुरामा ३५, डोटीमा २९, दार्चुलामा १२, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने जानकारी गराएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जानकारीसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न सबैलाई आग्रह गरेको छ । खुलेआम भइरहेका विवाह, भोजभतेर, पूजाजस्ता कार्यक्रमले संक्रमण बढिरहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । कोरोना महामारी एउटाको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने भन्दै सबैको सहयोग अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ