Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्यागमन विभाग अब विहान १० बजेदेखी ३ बजेसम्म मात्रै खुल्ने

अध्यागमन विभाग अब विहान १० बजेदेखी ३ बजेसम्म मात्रै खुल्ने


काठमाडौं । अध्यागमन विभागले आफ्नो सेवा अवधी घटाएको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय विहान १० बजेदेखी दिउँसो तीन बजेसम्म तय गरिएको जानकारी दिएको हो ।

अब विभाग आइतबारबाट बिहीबारसम्म १० बजेबाट ३ बजेसम्म मात्र खुल्नेछ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने जनाइएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेपनि विभागको सेवा भने निरन्तर जारी राखेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ