Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : पशुपतिस्थित बागमती किनारमै देखिन थाले हृदयविदारक दृश्यहरु(फोटो फिचर)

कोरोना कहर : पशुपतिस्थित बागमती किनारमै देखिन थाले हृदयविदारक दृश्यहरु(फोटो फिचर)


काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोश्रो लहरसँगै संक्रमणपछि मृत्यु हुनेहरुको संख्यामा समेत बृद्धी भएसँगै विभिन्न हृदयविदारक दृश्यहरु देखिएका थिए । मोटरसाइकलको बीचमा आफन्तले शब लगेका तथा खुल्ला स्थानमा सयौँ शब लामबद्ध राखेर जलाइएका दृश्यहरुले सबैलाई स्तब्ध बनाउँथे ।

भारतमा मात्रै नभएर अब यस्ता हृदयविदारक दृश्यहरु नेपालमै देखिन थालो छन् । दैनिक साँढे ७ हजारबाट संक्रमितको संख्या उकालो लाग्दा दैनिक ३५ जना भन्दा बढी संक्रमितको निधन हुन थालेको छ । संक्रमणपछि मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौंको पशुपतिनाथस्थित बागमती नदि किनारमै शब जलाउन थालिएको छ ।

शवदाहका दृश्य अनि आफन्तको भावबिह्वल अवस्थाले सबैलाई झस्काइरहेको छ । यी दृश्यहरु पनि हेरौँ ।

हुन त, केही दिन अघि मात्रै पनि नेपालमा संक्रमण दर बढेसँगै मृत्युदर पनि बढ्ने र शव व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्था गरियोस् भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको ध्यानाकर्षण गराएको थियो । तर यसलाई सरकारले खासै चासो देखाएन । यसको परिणाम सोमबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहपछाडि पट्टि बागमती किनारको छेउमा देखियो । जहाँ लाईन लगाएर शब जलाईएका मात्रै थिएनन, शव जलाउन पालो कुर्नुपर्ने अवस्था देखिन्थ्यो ।

जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथाम र उपचार सेवाबाट सरकार नभाग्ने आश्वासन बाढिरहेका थिए । तर लुम्बिनी प्रदेशमा आफ्ना विश्वासपात्र रहेका मुख्यमन्त्री इश्वर पोखरेलले प्रदेश प्रमुखको राजनीतिक सदासयताबाट पुनः नियुक्ति पाएको अवस्थालाई अन्य प्रदेशमा समेत अभ्यासका रुपमा विकास गर्न उनै प्रधानमन्त्री ओलीको चाहानामा गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुख फेरिए ।

संघ सरकार टिकाउन वा आफ्नै नेतृत्वमा मध्यावधि चुनाव गराउन गर्दै आएको नैतिकता भन्दा बाहिरका गतिबिधिले प्रधानमन्त्री ज्यू तपाई जनताको स्वास्थ्य र जनजिविकामा जिम्मेवार हुनुहुन्छ भनेर कसरी पत्याउने ?



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ