Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको प्रभाव : विदेशबाट नेपाल आउनेलाई १५ दिने क्वारेन्टिन, परिक्षा स्थगित

कोरोनाको प्रभाव : विदेशबाट नेपाल आउनेलाई १५ दिने क्वारेन्टिन, परिक्षा स्थगित


काठमाडौं । काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा एक साताका लागि बन्द गर्दा बाँके जिल्लाले निषेधाज्ञा नै जारी गरेको छ ।

महामारि समुदायस्तरमा ब्यापक रुपमा विस्तार भएको देखिदा समेत सरकार लकडाउन नगर्ने अडान दोहोर्याइरहेको छ । जनस्वास्थ्यका मापदण्डमा कडाई गरिएपनि पालना भएको छैन । तर संक्रमण र मृत्युदर बढेसँगै प्रतिबन्धका दायराहरु भने बढाउन थालिएका छन् ।

विद्यालय तहका परिक्षा स्थगन
कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण बढेसँगै कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) ले चलिरहेका सबै तहका परीक्षा रोक्न सिफारिस गरेको छ । परीक्षाका कारण कोरोना सङ्क्रमण झनै फैलिन सक्ने भन्दै सबै परीक्षा रोक्ने भन्दै गरिएको सिफारिस अनुमोदन भएको छ ।

हवाइ तथा स्थलमार्गको आवतजावतमा कडाई
नेपाली नागरिक बाहेक अरू देशका नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय समेत सीसीएमसीले गरेको छ । मन्त्रिपरिषदमा सिफारिस गरिएको यो प्रस्ताव पारित भएपछि लागू हुनेछ । यस्तै, नेपाललाई ट्रान्जिट बनाएर विदेश जानेहरूलाई रोक्न निर्देशन दिइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ