स्रोत नखुलेको साँढे २४ लाखसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत आइतबार साँझ पक्राउ परेका हुन् ।
विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा स्रोत नखुलेको नगद फेला परेसँगै उनी पक्राउ परेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया