Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentआमा बन्दै नायिका ऋचा शर्मा

आमा बन्दै नायिका ऋचा शर्मा


काठमाडौं । नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती रहेको जानकारी गराएकी हुन् । श्रीमान दीपेक्ष राणासँगै वृक्षमा पानी हालिरहेको तस्बिर शेयर गर्दै ऋचाले आमा बन्न लागेको पोष्ट गरेकी छिन् ।

नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले जानकारी गराएकी छिन् । ‘एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। उनले भनेकि छिन् । नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस् भन्ने तपाईँहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’ उनले भनेकि छिन । ऋचाले आफ्नी आमा र अहिले पेटभित्र हुर्कँदै गरेको सन्तानबारे भावनात्मक सन्देश समेत साझा गरेकि छिन । ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ।

एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ’, ऋचाले लेखेकी छन् । ऋचाले आमालाई समेत सामाजिक सञ्जालमार्फत स्मरण गर्दै भनेकि छिन ‘मेरी आमा पनि पर क्षीतिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ