Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली नयाँ वर्षमा प्रधानमन्त्री मोरिसनको शुभकामना- नेपालीहरु शक्तिको स्रोत हुन्

नेपाली नयाँ वर्षमा प्रधानमन्त्री मोरिसनको शुभकामना- नेपालीहरु शक्तिको स्रोत हुन्


क्यानबेरा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री कार्यालयद्वारा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री मोरिसनले बिक्रम संवत २०७८ सालको शुभकामना दिनुभएको हो । शुभकामना सन्देशमा भनिएको छ-‘नयाँ वर्ष विगतलाई सम्झिएर भविष्यका लागि आशा बाड्ने अवसर पनि हो’ ।

प्रधानमन्त्री मोरिसनले यहाँको नेपाली समुदायलाई युवा र जोश जागरले भरिपुर्ण भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री मोरिसनले कोभिड महामारीका बेलामा बहुसांस्कृतिक समुदायले नेतृत्वदायी भुमिका खेलेको तथा अष्ट्रेलियाको शक्ति स्रोत समेत बनेको उल्लेख गर्दै त्यहाँ नेपालीमुलका अष्ट्रेलियनहरुको पनि महत्वपुर्ण भुमिका रहेको बताउनुभएको हो ।
नेपालीहरुको संख्या बढेसंगै नयाँ वर्ष, दशै तिहार जस्ता महत्वपुर्ण अवसरमा अष्ट्रेलियाका मन्त्री, सांसद तथा राजनीतिककर्मीले शुभकामना दिने चलन सुरु भएको छ ।
प्रधानमन्त्री मोरिसनद्वारा जारी शुभकामना यस्तो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ