Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको भिक्टोरिया राज्यले अप्रिल ८ पछि अन्तर्राष्ट्रिय उडान खोल्ने

अष्ट्रेलियाको भिक्टोरिया राज्यले अप्रिल ८ पछि अन्तर्राष्ट्रिय उडान खोल्ने


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यले आगामी ईष्टर विकेन्ड अर्थात् अप्रिल ८ पछि अन्तर्राष्ट्रिय उडानको आगमन सुरु गर्नेगरि तयारी थालेको छ । गएको फेब्रुअरीमा होटल क्वारेन्टीनका कर्मचारीमार्फत समूदायमा कोरोना फैलिएपछि तेश्रो चरणको लकडाउनसँगै बन्द गरिएको अन्तर्राष्ट्रिय उडान खोल्नुअघि भिक्टोरियाले क्वारेन्टीन संयन्त्रमा व्यापक सुधार गरेको छ ।

क्वारेन्टीनको अवस्था बारे छानविन गर्दा होटलका कोठाहरुमा रहेको हावा जाने भेन्टिलेशनबाट निस्कने हावा नै कोरोना फैलिनुको कारण भएको पहिचान गरिएको थियो । होटल क्वारेन्टीनमा कार्यरत ४ हजार कर्मचारीहरुलाई कोभिड १९ कोरोना विरुद्धको खोप दिइसकिएको छ । उनीहरुले छिट्टै दोश्रो डोज समेत लगाउनेछन् । आगामी अप्रिल ८ बाट सुरु हुने अन्तर्राष्ट्रिय उडान मार्फत अष्ट्रेलियन नागरिक, पीआरधारी वा सरकारी अनुमति प्राप्त गरेका व्यक्तिहरु मात्रै आउन पाउने बताइएको छ ।

सुरुमा साताको ८ सय यात्रीलाई ल्याइने र यो संख्या विस्तारै ११ सय २० पुर्याइने भएको छ । अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीसँगै होटल क्वारेन्टीनका लागि तीन ठूला तारे होटल तयारी अवस्थामा राखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ