Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना, लालपूर्जासहितको जमिन र घरको माग

मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना, लालपूर्जासहितको जमिन र घरको माग


सुर्खेत । व्यवस्थित बसोवास र खेतीयोग्य जमिनको माग गर्दै कर्णाली प्रदेशका बादी समुदाय आन्दोलित भएको दुई साता बित्नलाग्दा समेत उनीहरुको माग सम्बोधन भएको छैन । दुई साता अघि देखि मुख्यमन्त्री कार्यलयको गेटमा धर्ना दिएका उनीहरुले आफना मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै निर्वस्त्र आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।

१२ दिन देखि भोकै धर्नामा बसेका उनीहरुले शान्तीपुर्ण आन्दोलन गर्दा सरकारले नदेखेको भन्दै आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी समेत दिएका छन । कालिकोट र दैलेखबाट पैदल हिँडेर आएका वादी समुदायका ४०२ जना नागरिकहरु १२ दिन देखि मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा छन् । खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने वादी समुदायको भनाई छ । गाउँ गाउँमा सिहंदरवार आएपनि आफुहरुको कुनै माग सम्बोधन नभएपछि प्रदेश सरकारको गेटमा धर्ना दिन आएको उनीहरुले बताए । प्रदेश सरकारले जग्गा दिने अधिकार आफनो क्षेत्र भित्र नभएको त्यसका लागि सघं र स्थानिय सरकार सगँ माग गर्न अनुरोध गरेपछि वादी समुदाय थप आक्रोशीत बनेको छ ।

बालुवा चाल्ने, माछा मार्न, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय अहिले संकटमा छ । उनीहरुसँग खेतीयोग्य जमिन छैन । माछा मार्न समते स्थानीय सरकारको अनुमति चाहिने भएपछि उनीहरुको गुजारा थप कष्टकर बनेको छ । पहिला जस्तो मादल र सुल्पा समेत बिक्री हुन छाडेपछि बिहान बेलुकाको छाक टार्न समेत धौधौ परेको र आफुहरुसँग कुनै विकल्प नभएपछि जमिन र घर माग्दै प्रदेश सरकार गुहार्नुपरेको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । यता आन्दोलनरत वादी समुदायका माग तत्काल सम्बोधन गर्न नागरिक सङ्गठनले सरकारलाई दबाब दिए पनि सुनुवाइ भएको छैन । यता, राष्ट्रिय मानवअधिकार आयोगको टोलीले आन्दोलनरत वादी समुदायको शारीरिक तथा मानसिक अवस्था नाजुक बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो जनगणनाअनुसार पश्चिम नेपालमा यो समुदाय करिब ३८ हजारको संख्यामा रहेको छ । मादल, सुल्पा बनाएर बिक्री गर्ने, मेला उत्सवमा नाचगान गर्ने वादी समुदायको पुख्र्यौली सीप हो । विकास र प्रविधिमा आएको परिवर्तनसँगै पुर्ख्यौली सीपले जीविका धान्न मुस्किल भएपछि यो समुदाय अहिले खोला र नदी किनारमा माछा मार्ने, गिट्टी बालुवा चाल्ने काम गदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ