Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचर्चित टेलिभिजन अभिनेत्री राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी

चर्चित टेलिभिजन अभिनेत्री राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी


एजेन्सी, काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्त पुनः चर्चामा आएकी छन् । हल्का किसिमका विवाद आइरहने राखी यो पटक भने अलिक गम्भीर किसिमको विवादमा मुछिएकी हुन् ।

एनबीटीका अनुसार दिल्लीस्थित एक बैंकका अवकाश प्राप्त कर्मचारीले राखी र उनका भाई राकेशविरुद्ध लाखौं रुपैंयाँ हिनामिनाको आरोप लगाउदै एफआइआर दर्ता गराएका छन् । ती व्यक्तिले राखी र उनका भाईले आफूसँग फिल्म बनाउन भन्दै ६ लाख रुपैंयाँ लिएर भागेको आरोप लगाएका छन् । राखीका भाइ राकेशले सन् २०१७ मा शैलेश श्रीवास्तव नामका एक अवकाश प्राप्त कर्मचारीसँग एक फिल्म निर्माणको योजना, एक सर्ट फिल्म बनाउने योजना र व्यापार लगायतका योजना देखाएर पैसा लिएको अभियोग लागेको छ । फिल्मको कथा बाबा गुरमीत राम रहिमको जिन्दगीमा आधारित रहने भनिएपनि डान्स स्कुल खोल्ने सम्मको योजना सुनाएका राखीका भाई आफूबाट ६ लाख रुपैंयाँ लिएपछि गायव भएको भनिएको छ ।

शैलेशले राखी, राकेश र राजमाथि सम्झौतामा गलत हस्ताक्षर गरेको, राखीलाई कैयौं पटक फोन गर्दा फोन नउठाई भागेको आरोप शैलेशले लगाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ