Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपले पायो स्वीकृति

अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपले पायो स्वीकृति


काठमाडौं । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको हो ।

यसअघि नै अमेरिकामा फाइजर र मोर्डनको खोपलाई स्वीकृति दिएर खोप अभियान चलिरहेको छ । तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एक डोज मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिने सहज खोप रहेको बताइएको छ । फाइजर र मोर्डनको भ्याक्सिनलाई भने निश्चित तामानसहितको डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएपनि अहिलेसम्म मूल्य भने सार्वजनिक गरिएको छैन ।

अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ । एक डोज मात्रै लगाउँदा पुग्ने भएकाले बेलायतलगायत देशहरुले पनि यो खोप किन्नका लागि प्रक्रिया अघि बढाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ