Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबागमती सफाई महाअभियानको ४०० हप्ता, कहिले हुने नदी सफा ?

बागमती सफाई महाअभियानको ४०० हप्ता, कहिले हुने नदी सफा ?


काठमाडौं । बागमती सफाई महाअभियानको ४०० हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ । २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरु भएको बागमती सफाई महाअभियानको पुस २५ गते शनिबार ४०० हप्ता पुगेको हो ।

फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौँको मिनभवनमा विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै, सरकारले बागमती लगायत कुनै पनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सहभागि कलाकार मनिसा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरिन् । नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना ल्याउन सरकारलाई नायिका कोइरालाको सुझाब थियो ।

गायीका तथा कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन् । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको तर्क थियो । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने अभियन्ताहरुले बताए । ‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’ नारा दिएर बागमती सफाई सुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बन्ने क्रममा छ । ४०० हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागिता रहँदैआएको छ ।

महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता रहँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ