Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमाघ १ बाट एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

माघ १ बाट एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने


काठमाडौं । आगामी माघ १ देखि एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम निकाल्न शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेपछि अन्तर बैंक एटिएम प्रयोगमा बैंकहरुलाई शुल्क लिने बाटो खुलेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । शुल्कका लागि भने राष्ट्र बैंकले नयाँ शर्त तोकेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले महिनाको २ पटक सम्म एउटा बैंकको एटिएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लिन पाइने छैन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेगरि सिमा तोकिएको छ ।

राष्ट्र बैंकले २० रुपैयाको सिमा तोकेपनि कोरोना महामारि अघिसम्म अधिकांश बैंकले २५ रुपैयाभन्दा माथी एटिम प्रयोग शुल्क असुल्दै आएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ