Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यूसाउथवेल्समा अब माक्स नलगाउनेलाई २ सय डलर जरिवाना

न्यूसाउथवेल्समा अब माक्स नलगाउनेलाई २ सय डलर जरिवाना


ब्रिजबेन, अष्ट्रेलिया । कोभिड–१९ को संक्रमण समूदायस्तरमा देखिन थालेपछि न्यूसाउथवेल्समा आज मध्यरातदेखि नयाँ प्रतिबन्धहरु लागू गरिएका छन् । अब सिड्नी महानगर, ब्लू माउन्टेन, ओलुंगोंग र सेन्ट्रल कोष्टसम्मको हिडडुलमा मास्क अनिवार्य गरिएको छ । न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले सपिंग सेन्टर, सार्वजनिक सवारीका साधन, सिनेमा हल, ईन्डोर हलहरु, रेष्टुरेन्ट, क्याफे, पव लगायतका स्थानमा मास्क लगाएर मात्रै हिडडुल गर्न आह्वान गर्नुभएको छ ।

मास्क नलगाउनेलाई २ सय डलर जरिवाना गरिनेछ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई भने मास्क अनिवार्य गरिएको छैन । स्वास्थ्य अवस्थाका कारण मास्क लगाउन नमिल्नेहरुले पनि माक्समा छुट पाउनेछन् । नयाँ प्रतिबन्धको नियम अनुसार जिम हलमा ३० जनासम्मले सहभागिता जनाउन सक्नेछन् भने धार्मिक स्थलहरुमा १ सय जनाभन्दा बढी भीडभाड गर्न पाइनेछैन । एकजनालाई चार स्क्वायर मिटरको नियम भौतिक दुरीको नियम लगाइएको छ । नयाँ संक्रमणसँगै नाईट क्लबहरु सबै बन्द गराइएको छ ।

नर्दन बिचको दक्षिणी क्षेत्रमा लगाइएको फरक खाले प्रतिबन्धको व्यवस्था भने अब हट्ने भएको छ । नर्दन विच क्षेत्रको उत्तरी भागमा भने यसअघिका कडा प्रतिबन्ध यथावत नै छन् । यहाँका स्थानीयले घर बाहिर निस्किन नपाउने नियम छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ