Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्काउटमा राजनीति हाबी भएको भन्दै स्काउटकर्मी आन्दोलित

स्काउटमा राजनीति हाबी भएको भन्दै स्काउटकर्मी आन्दोलित


काठमाडौं । स्काउटभित्र राजनीति हाबी भएको भन्दै‍ स्काउटकर्मीहरुले विरोध प्रदर्शनलाई तिब्रता दिएका छन् । विभिन्न जिल्ला स्काउट कार्यालयमा १० बुँदे मागसहित तालाबन्दी गरेको नेपाल स्काउट सघर्ष समितिले लैनचौरस्थित स्काउट कार्यालयमा प्रदर्शन गरेको हो ।

आन्दोलनमा उत्रिएका स्काउटकर्मीहरुले स्काउटभित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको शुद्धीकरण र सम्पती रक्षाका लागि विरोध प्रदर्शनमा उत्रनु परेको जानकारी दिएका छन् । संघर्ष समितिका संयोजक पुण्यराम गोथेले जिल्ला कमिटी खारेज गरेर प्रदेश कमिटी गठन गर्दा गठित तदर्थ समितिमा राजनैतिक दलका कार्यकर्ताहरुलाई भर्ती गरिएको आरोप लगाए । समितिले व्यक्तिगत पूर्वाग्रहबाट माथि उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटकर्मीलाई आह्वान गरेको छ ।

६ महिना भित्र स्काउटको निर्वाचन गराइसक्नुपर्ने म्याण्डेटसहित युवा तथा खेलकुद मन्त्रालयले स्काउट संयोजकको जिम्मेवारी लोकबहादुर भण्डारीलाई दिएको भएपनि ऐन जारी भएको २१ महिनासम्म पनि निर्वाचन नगरेको आरोप संघर्ष समितिले लगाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ