Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यूसाउथवेल्समा एक जनामा कोरोना संक्रमण पुष्टि, होटल क्वारेन्टीनबाट सरेको आशंका

न्यूसाउथवेल्समा एक जनामा कोरोना संक्रमण पुष्टि, होटल क्वारेन्टीनबाट सरेको आशंका


ब्रिजबेन, अष्ट्रेलिया । अन्तर्राष्ट्रिय यात्रीहरुलाई क्वारेन्टीन राख्ने गरिएको न्यूसाउथवेल्सस्थित दुई होटलमा काम गर्ने एक व्यक्तिमा कोभिड १९ कोरोना भाईरसको संक्रमण पहिचान भएको छ । ति महिला डार्लिंग हार्बरमा रहेको नोभाटेल र आईवीस होटलमा काम गर्दै आएकि थिइन् ।

न्यूसाउथवेल्सका स्वास्थ्इ मन्त्री ब्राड हाजार्डका अनुसार संक्रमण पुष्टि भएकी महिला मिन्टोदेखि सिटीसम्म ट्रेन र लाईट रेलमा यात्रा गर्थिन् । उक्त महिलाको परिवारका ५ सदस्यहरुको परीक्षण नतिजा नेगेटिभ आएको छ तर उनीहरुलाई अनिवार्य सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उक्त महिलामा कसरी कोभिड १९ को संक्रमण हुन गयो भन्ने अनुमान गर्न चाँडो हुने भन्दै मन्त्री हाजार्डले २६ दिनदेखि शून्य संक्रमणमा रहेको न्यूसाउथवेल्समा एकजना कोभिड १९ पोजेटिभ भेटिएको बताउनुभयो ।

उनीसँग काम गरेका व्यक्तिहरुलाई र उनले हिंडेको बाटोमा सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन निर्देशन दिइएको मन्त्री हाजार्डले बताउनुभयो । उनलाई होटल क्वारेन्टीनमा आएका व्यक्तिबाट संक्रमण सरेको हुनसक्ने आशंका गरिएपनि आधिकारिक पुष्टि भएको छैन ।

न्यूसाउथवेल्समा बुधबार मात्रै प्रतिबन्धलाई थप खुकुलो बनाउने घोषणा भएको थियो । राज्य सरकाले अहिलेको नयाँ कोभिड १९ संक्रमित भेटिएको घटनाले प्रतिबन्धलाई खुकुलो बनाउने घोषणामा कुनै प्रभाव नपार्ने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ