Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयूरोप, जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड ठगी गर्ने गिरोह प्रहरी फन्दामा

यूरोप, जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड ठगी गर्ने गिरोह प्रहरी फन्दामा


काठमाडौं । वैदेशिक रोजगारीका लागि यूरोपेली मुलुक तथा जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड रुपैयाँ ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूपेशकुमार ठाकुर र कृष्णबहादुर राई, बाजुराका पर्वराज पाण्डे र ललितपुरका जीवन तामाङलाई वैदेशिक रोजगारी ठगीमा पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ गरेर सार्वजनिक गरिएका मध्ये राई काठमाडौंस्थित टप चोइस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् । यो गिरोहले क्यानडा, पोल्यान्ड, स्पेन, माल्टा, जापान र न्यूजिल्यान्ड पठाउने भन्दै २२ जनालाई दिल्ली पुयाएर अलपत्र पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा जान चाहेकाहरू अलपत्र परेपछि प्रहरीलाई सूचना आएको थियो । ६ महीना लगाएर उनीहरूलाई पक्राउ गरिएको छ । चैत १३ गते पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ ।

पक्राउ परेकाहरूमध्ये ठाकुर र राईले जनही ८०÷८० लाख रुपैयाँ ठगेको पाइएको छ । यस्तै, पाण्डेले ६ लाख र तामाङले एक लाख ६० हजार रुपैयाँ ठगेको उजूरीका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरेपछि यो मुद्धा आदलतबाट अन्तिम किनारा लाग्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ