Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपूर्व क्रिकेटर सन्दीपको पुनरावेदन उजुरीमाथी उच्च अदालतले तोक्यो चैत २३ मा पेशी

पूर्व क्रिकेटर सन्दीपको पुनरावेदन उजुरीमाथी उच्च अदालतले तोक्यो चैत २३ मा पेशी


काठमाडौं । पूर्व क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध गरेको पुनरावेदनमाथी उच्च अदालत पाटनले पहिलो पेशी तोकेको छ । उच्च अदालत पाटनले पुनरावेदन मुद्धामाथी चैत २३ गतेलाई पेशी तोकिएको जानकारि दिएको हो ।

उच्चले अदालतले पहिलो तारेखका लागि सन्दीपलाई बिहिबार बोलाएको थियो । सन्दीप आफै अदालतमा हाजिर भएर पेशी बुझेको बताइएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त सजाय बदरको माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका छन् ।

प्रारम्भिक सुनुवाईका क्रममा उच्च अदालत पाटनले हिरात बाहिरै बसेर पुनरावेदन गर्न आदेश दिएको छ । अब उच्च अदालतबाट आउने फैशलाले सन्दिपको मुद्धाको अन्तिम किनारा पाउनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ