Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआईटी पढ्ने नेपाली विद्यार्थीलाई नेपालट्युबको छात्रबृत्ति, यसरी सुरक्षित गरौँ नाम !

आईटी पढ्ने नेपाली विद्यार्थीलाई नेपालट्युबको छात्रबृत्ति, यसरी सुरक्षित गरौँ नाम !


ब्रिजबेन । नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै सुरु गरेको नेपालट्युब न्यू एबिलिटी छात्रबृत्ति अभियान अन्तर्गत दुईजना विद्यार्थी छनौँटको प्रक्रिया मार्च १९ बाट सुरु भएको छ । अष्ट्रेलियास्थित नेपाली समूदायको हकहितका पक्षमा सञ्चारकर्म गरिरहेको नेपालट्युब अष्ट्रेलियाले दिन लागेको यो छात्रबृत्तिमा छनौँट हुन मार्च २५ सम्म आवश्यक कागजात पठाइसक्नुपर्नेछ ।

अष्ट्रेलियामा आईटी शिक्षा र परामर्शका क्षेत्रमा काम गरिरहेको टेक स्किल ईन्स्टिच्युटसँगको सहकार्यमा ३ महिनामा २ लाई छात्रबृत्ति उपलब्ध गराउने अभियान अन्तर्गत दुईजनाले छात्रबृत्ति कोटामा तीनमहिने जबरेडी प्रोग्राम अन्तर्गतको पढाई समेत पुरा गरिसक्नुभएको छ । अबको तीन महिने कोर्ष अप्रिल १ बाट सुरु हुँदैछ । एक वर्षमा ८ जना विद्यार्थीलाई जबरेडी प्रोग्राम अन्तर्गत छात्रबृत्ति उपलब्ध गराउने अभियान अन्तर्गत अबको तीन महिने कोर्षका लागि २ जना छनौँट गरिने छन् । टेक स्किल ईन्स्टिच्युटका सञ्चालक बिराज भँडेलले आइटी क्षेत्रमा जागरि पाउन चाहिने प्राविधिक दक्षता, कामको योग्यता, अन्तरवार्ताको क्षमता अभिबृद्धि, औद्योगिक सर्टिफिकेट लगायतका क्षेत्रमा यो प्रोग्राम धेरै सहयोगी बन्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई आईटी रोजगारीका लागि सहयोगी हुने जबरेडी प्रोग्राम अध्ययनका क्रममा एक वर्षे छात्रबृत्ति प्याकेजको योजना ल्याइएको नेपालट्युबका सम्पादक सरल गुरुङले जानकारि दिनुभयो । ३ महिनामा एक पटक दिइने छात्रबृत्तिमा एक जना सिड्नीबाट र एक जना मेलबर्नबाट गरेर २ जना छनौँट हुनेछन् । प्रति व्यक्ति ३ हजार २ सय ९० बराबरको छात्रबृत्ति उपलब्ध गराइनेछ । एक वर्षमा २६ हजार ३ सय २० अष्ट्रेलियन डलर अर्थान नेपाली २३ लाख ७४ हजार रुपैया बढीको छात्रबृत्ति वितरण गरिनेछ ।

नेपाल ट्युब अष्ट्रेलियाले दुबै पक्षले तयार पारेको कार्यबिधिमा बसेर हाईब्रिड मोडलमा जेहेन्दार, मेहनति र आर्थिक रुपमा समस्यामा परेका विद्यार्थी,अझ महिला, अल्पसंख्यक, जनजाति, दलित र यौनिक अल्पसंख्यकहरुको समाबेशी मोडललाई समेत आत्मसाथ गरेर छात्रवृत्तिका लागि विद्यार्थी छनौँट गर्दैआएको छ । छात्रबृत्तिका लागि छनौँट भएर ३ महिने आईटी रोजगारी शिक्षा लिन चाहानुहुन्छ भने यथासक्य छिटो नेपालट्युबको वेबसाईडमा गएर मागे अनुसारको आवश्यक काजताज पठाई छात्रबृत्तिका लागि आफ्नो नाम सुरक्षित गर्न सक्नुहुनेछ । मेलबर्न र सिड्नी शहर आसपासमा आइटी पढाई सकेका, ग्राजुएट, टिआरमा रहेका र आइटी क्षेत्रमा काम खोज्दै गरेका विद्यार्थीका लागि जबरेडी प्रोग्राम उपयोगी बन्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ