Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal८ महिनामै नेपाल सरकारले थप्यो २ खर्ब १८ अर्ब बढी ऋण,प्रतिव्यक्ति ८१ हजार दायित्व !

८ महिनामै नेपाल सरकारले थप्यो २ खर्ब १८ अर्ब बढी ऋण,प्रतिव्यक्ति ८१ हजार दायित्व !


काठमाडौं । चालु आव २०८०/८१ को आठ महिनासम्म सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपेको छ । योसँगै नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार फागुन मसान्तसम्म ११ खर्ब ८५ अर्ब आन्तरिक र १२ खर्ब २ अर्ब वाह्य ऋण पुगेको छ । सरकारले यस वर्ष ऋण तिर्नमात्र सवा १ खर्ब रुपैयाँ खर्च गरेको छ । यो दायित्वबाट विकास निर्माणमा खर्च हुनुपर्ने ठूलो बजेट ऋण तिर्न खर्च भएको छ । आन्तरिक ऋणको साँवा भुक्तानीमा मात्र १ खर्ब २ अर्ब र वाह्य ऋणको साँवा भुक्तानीमा २३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । अझ,फागुन मसान्तसम्म सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानीमा ४९ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४३ अर्ब ६७ करोड र वाह्य ऋणको ब्याज भुक्तानीमा ५ अर्ब ७९ करोड रुपैयाँ चालू आवको ८ महिनामै खर्च भएको छ ।

ऋण काढेर खर्च धान्ने बाध्यतामा पुगेको सरकारले ५ महिनामा १ खर्ब ३१ अर्ब उठाएको छ । सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ । अघिल्लो महिना (माघ) सम्म प्रतिव्यक्ति ऋणको दायित्व ८१ हजार ८ सय ३७ मात्रै थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ