Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्विन्सल्याण्डमा म्याद गुज्रिएका खाना बारे सचेतना कार्यक्रम,यस्ता छन जान्नैपर्ने कुरा !

क्विन्सल्याण्डमा म्याद गुज्रिएका खाना बारे सचेतना कार्यक्रम,यस्ता छन जान्नैपर्ने कुरा !


ब्रिजबेन । अष्ट्रेलियाको क्विन्सल्याण्डमा खाद्य सुरक्षा बारे जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । अष्ट्रेलियामा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार,खाद्य सुरक्षा बारेका मापदण्ड पालना नगर्दा धेरै नेपाली कानुनी झमेलामा पर्नसक्नेतर्फ सचेत हुादै एनआरएनए क्वीन्सल्याण्डले म्याद गुज्रिएका खाना बारे सचेतना कार्यक्रम गर्न लागेको हो ।

एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले मार्च ३० तारिख बिहान साँढे ९ देखि साँढे ११ बजेसम्म खाद्य सुरक्षा बारे जनचेतनामूलक कार्यक्रम गर्न लागिएको भन्दै सबैको उपस्थितिका लागि आह्वान गर्नुभएको छ । न्यू फार्म पार्कमा आयोजना हुने जनचेतनामूलक कार्यक्रममा खाद्य सुरक्षा, अष्ट्रेलियाको खाद्य सम्बन्धि कानुनी व्यवस्था र जनस्वास्थ्य बारे ख्याल गर्नुपर्ने महत्त्वपूर्ण विषयमा नेपाली समुदाय बिच छलफल हुनेछ ।

अष्ट्रेलियामा म्याद गुज्रिएको खाद्य वस्तु बेचेर,खाद्यान्नमा राख्नुपर्ने म्याद,खाद्य कोड लगायतका नियम पालना नगरेर, कानुनको अनविज्ञता र बेवास्ताले नेपालीहरु कानुनी झमेला,महंगो जरिवाना र हिरासतमा समेत जानूपर्ने अवस्थामा नपुगुन भनेर एनआरएनए क्विन्सल्याण्डले यो पहल थालेको जनाएको छ ।

अष्ट्रेलियाका ग्रोसरी पसलमा पछिल्लो समय म्याद गुज्रिएका खाद्यवस्तुहरु भेटिन थालेका छन् । यस्तो खाद्यान्नमा व्यहोर्नुपर्ने जोखिमबाट बच्न उपभोक्ता स्वयमले म्याद हेरेर किन्न सुझाब दिईएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ