Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतराईको होली सिड्नीमा पनि, हुनेछन् यी कलाकार

तराईको होली सिड्नीमा पनि, हुनेछन् यी कलाकार

भोजपुरी, मैथली खाना पनि राखिने


ब्रिजबेन । मार्च २३ मा अष्ट्रेलियास्थित सिड्नीमा होलीको रमझमसहित भब्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । साँझ ५:३० देखि राति ११ बजेसम्म इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा आयोजना हुनेगरी होली हंगामा कार्यक्रमको अन्तिम तयारी पूरा भएको आयोजक एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले जानकारी दिएको हो ।

रंगहरुको चाड भनेर चिनिने होली नजिकिदै गर्दा अहिले नेपालमा मात्र नभई विदेशमा बस्ने नेपालीहरु समेत उत्साहित भएर उत्सवको तयारीमा लागिरहेका छन् । बिगत १५ बर्ष देखि होलि छठ जस्ता पर्बहरुलाई व्यापक सहभागिता सहित मनाउदै आइरहेको एन्टा ले यस पटक पनि नेपालबाट ख्याति प्राप्त कलाकारहरु र अष्ट्रेलियामा रहेका प्रतिभावान कलकारको जमघट गराएर “होली हंगामा” मनाउन लागेको संस्थाका अध्यक्ष रंजित शाहले जानकारी दिनुभयो । रंग र संगीतमार्फत अष्ट्रेलियामा छरिएर रहेको नेपाली समाजलाई जोड्ने प्रयाससहित विगत १५ वर्षदेखि होली हंगामा कार्यक्रम आयोजना गर्दै आएको एन्टाका अध्यक्ष साह बताउनुहुन्छ । यो होली उत्सवमा तराई मधेसको होली संस्कृति अनुसार पुवा,दईवडा खान र रंगसँगै सांगीतिक माहोलमा रम्न पाइनेछ ।जहाँ भोजपुरी, मैथली खानाको स्वाद समेत चाख्न पाईनेछ ।

चर्चित नेपाली गायक दिपक लिम्बू,चर्चित भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, चर्चित गायिका अनु चौधरीसँगसँगै स्थानीय कलाकारले बेजोड प्रस्तुति दिनेगरि“होली हंगामा”को भब्य तयारी भैरहेको छ । होली उत्सवमा स्थानीय कलाकार जेनिशा गौतमको पनि प्रस्तुती रहनेछ । नेपालबाट आउनुपर्ने अधिकांश कलाकारको भिसा लागिसक्दा केहीको मात्रै प्रकृयामा रहेको आयोजक एन्टाले जानकारी दिएको छ ।

अष्ट्रेलियामा रहेका बिभिन्न ब्यापारिक संघ संस्था र समुदाय साथ सहयोगमा हुदै आएको सांस्कृतिक उत्सवमा उपस्थित भइ दिनुहुन आयोजक एन्टाले हार्दिक अनुरोध गरेको छ। डिनर सहितको सो सांगीतिक कार्यक्रममा प्रवेशका लागि भने निश्चित शुल्क तोकिएको छ । ४ बर्ष मुनिका बालबालिकाले भने निशुल्क प्रवेश पाउनेछन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ