Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या २२ पुग्यो !

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या २२ पुग्यो !


काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरु मध्ये थप ७ को मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुस युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।

पछिल्लो सामय युद्धमा परेर ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले यसअघि नै रुसी सेनामा भर्ती भएका १४ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । यो सँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या २२ पुगेको छ ।

रुसी सेनामा भर्ती भएकाहरु मध्ये २ सय ७२ नेपाली अहिलेसम्म सम्पर्कविहीन रहेका छन् । रुसतर्फ मात्रै नभएर युक्रेनतर्फ समेत धेरै नेपालीहरु युद्धमा होमिएको तथ्य बाहिरिएको छ । तर सरकारले रुस युक्रेन युद्धमा कति नेपाली होमिएका छन भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गर्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ