Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभब्य रुपमा मनाइयो महाशिवरात्री पर्व, आजै नेपाली सेनाको स्थापना दिवस

भब्य रुपमा मनाइयो महाशिवरात्री पर्व, आजै नेपाली सेनाको स्थापना दिवस


काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथसँगै शिवालयमा पूजाआराधना गर्दै शुक्रबार महाशिवरात्रि मनाइँएको छ । मुलुकभरका सबै शिव मन्दिरमा मनाइने यो पर्वमा काठमाडौंस्थित पाशुपत क्षेत्रमा लाखौँ भक्तजनको भीडभाड लागेको थियो ।

महाशिवरात्रि भगवान् शिव अर्थात् पशुपतिनाथको आराधनाको प्रमुख दिन हो । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बेलपत्र र फूलबाट विशेष किसिमको बात्ती बनाएर बालिएको छ। ‘बेलपत्र र फूलबाट बनाइएका बात्ती बाटेर १४ फिट अग्ला १० वटा बनाइएका बत्ति मन्दिरको पश्चिम ढोकामा निरन्तर १२ घण्टा बालिएका छन् । बागमती नदीमा २२ गतेदेखि २७ गतेसम्म १८ करोड ५० लाख लिटर पानी भष्मेश्वरसम्म ड्याम बनाएर छोडिएको छ । दर्शनार्थीको सहजताका लागि पाँचवटा ¥याम्प थपेर नौवटा बनाइएको थियो । शिवरात्रीको अवशरमा ५ सय नागाबाबा र झन्डै २५ सय साधुसन्त पशुपतिमा आएका छन् । महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत भएकाले हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । शिवरात्रीमा उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नेपाली सेनाले आजकै दिन २६१ औ स्थापना दिबस मनाएको छ । नेपाली सेनाले हरेक बर्ष महाशिवरात्रीको दिन स्थापना दिबस मनाउदै आएको छ । स्थापना दिबसको अबसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा हर्ष बढाई, युद्ध कवाजसहित शक्ती प्रदर्शन गरेको छ । सेना दिबसको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका बिशिष्ट ब्यक्तीत्वहरु टुडिखेल पुग्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ