Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभिजिट भिसामा दुबई जान लागेका ३ महिलासहित एजेण्ट नियन्त्रणमा !

भिजिट भिसामा दुबई जान लागेका ३ महिलासहित एजेण्ट नियन्त्रणमा !


काठमाडौं । शंकास्पद लागेपछि प्रहरीले दुबई जान लागेका ३ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । बिहिबार राती भिजिट भिसामा हिमालयन एयरलाइन्सबाट दुबई जान लागेका ३ जनालाई प्रहरीले रोकेको हो ।

शंकास्पद लागेर चितवन, अर्घखाची र तेहथुका महिला लाई रोकेको प्रहरीले दुबई पठाउने एजेन्ट भबिलाल थापालाई समेत नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले ३ महिलासहित एजेन्ट थापालाई अपराध महाशाखामा पठाइएको र यहीबाट आवश्यक कानुनी कारबाही अघि बढ्ने बताउनुभएको छ । एजेन्टले मेनपावर मार्फत दुबई पठाएको भने पनि मेनपावर देखाउन सकेका थिएनन ।

एजेन्टले सजिलै काम लगाइदिने भनेर भिजिट भिसामा दुबई लान लागेको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको बताइएको छ । यसअघि समेत बारम्बार भिजिट भिसामा दुबई लगायतका देशमा नेपालबाट मानवतस्करीकै शैलीमा लग्ने र अलपत्र पार्ने काम हुँदै आएको छ । भिजिट भिसाका नाममा विदेश पुगेर अलपत्र पर्ने क्रम बढेपछि सरकारले कडाई समेत गरिरहेको छ । तर एजेण्डमार्फ भिजिट भिसाको दुरुपयोग हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ