Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामाजिक सञ्जाल फेसबुक डाउन,किन आयो समस्या ?

सामाजिक सञ्जाल फेसबुक डाउन,किन आयो समस्या ?


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सर्भर अचानक डाउन हुँदा लाखौं सेवाग्राही मारमा परेका छन् ।

नेपालमा बेलुका ९ बजे, अष्ट्रेलियाको सिड्नी समय अनुसार २ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो । यो समस्या विश्वका अधिकांश देशमा देखिएको छ ।

मेटा प्लेटफमका इन्स्टाग्राम लगायतका अन्य केही एकाउन्टमा समेत डाउन हुने समस्या भएको छ । के कति कारणले समस्या भएको हो एकिन भएको छैन । फेसबुक लग आउट हुँदा म्यासेञ्जर प्लेटफर्म समेत खुलेको छैन ।
आफै लग आउट भएको अकाउन्ट खोल्न समस्या भएको धेरैले गुनासो गरेका छन् । विश्वभरका सेवाग्राहीले समस्या बारे एक्स लगायतका सामाजिक सञ्जालबाटै गुनासो गरेका छन्
मेटाकै ह्वाट्सएप प्लेटफममा भने कुनै समस्या देखिएको छैन । सामान्य जस्तै चलिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ