Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी–२० क्रिकेट शृङ्खलाको उपाधी नेदरल्यान्ड्सको कब्जामा, नेपाल ४ विकेटले पराजित

टी–२० क्रिकेट शृङ्खलाको उपाधी नेदरल्यान्ड्सको कब्जामा, नेपाल ४ विकेटले पराजित


काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि हात पारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतकको योगदान दिए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट २ रनले चुके । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका थिए । कुशल मल्लले ४ विकेट लिए पनि नेपालको हार टार्न सकेनन । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो नेपालले २३ रन जोड्दा ३ दशमलब ३ ओरमा ओपनर कुशल भुर्तेल आउट भए । कप्तान रोहित पौडेलले १९ बलमा २५ रन बनाउँदै ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरे । गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हाने । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी, करण केसी र आरिफ शेखले राम्रो प्रदर्शन गर्न सकेनन ।

आफ्नो टोलिलाई जिताउन डच टिमका माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान २–२ विकेट लिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ