Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalत्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

जित्ला त नेपालले उपाधि ?


काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएअनुसार नै नेपाली टोली यतिबेला ब्याटिङमा छ ।

नेपाली टोलीमा यसअघिको खेलको टोलीले नै निरन्तरता पाएका छन् । उपाधि होडमा रहेको नेपालले उत्कृष्ठ सुरुवात गरेको छ ।

नेपाली टोली यस्तो छ :

कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, गुल्सन झा, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाश बोहरा ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहेर र नेपाल उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो । नामिबिया ४ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा रहेर त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाबाट बाहिरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ