Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको एकमात्र रंगशाल दशरथ रंगशाला समेत खराब, विश्वकप छनौँट स्वदेशमा नहुने !

नेपालको एकमात्र रंगशाल दशरथ रंगशाला समेत खराब, विश्वकप छनौँट स्वदेशमा नहुने !


काठमाडौं । विश्व जगतमा क्रिकेटका कारण नेपालका नाम फैलिएको छ । तर फुटबल खेलका लागि मात्रै उत्कृष्ठ अनि सुविधा सम्पन्न रंगशाला भयो, क्रिकेट पूर्वाधारमा सरकारको ध्यान पुगेन भनिदैगर्दा नेपालको एकमात्र रंगशालाको अवस्था समेत खराब रहेको तथ्य बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलको लागि फिफाले अनुमति दिएको नेपालको एकमात्र दशरथ रंगशालाको अवस्था खराब रहेको भन्दै नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल अब नेपालमा नहुने भएको हो । एसियाली फुटबल महासंघ एएफसीको तर्फबाट रंगशाला निरिक्षणको लागि आउनुभएका मिन्दु दोर्जेले सोमबार रंगशालाको निरीक्षण गरेर अन्तर्राष्ट्रिय फुटबलको लागि हालको अवस्थामा दशरथ रंगशाला उपयुक्त नभएको प्रतिवेदन बुझाएपछि यो अवस्था आएको थियो । एएफसीले यसअघि चैत्र ८ मा नेपालको दशरथ रंगशाला तथा १३ गते बहराइनमा खेल हुने तालिका सार्वजनिक गरेको थियो । तर अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दशरथ रंगशाला उपयुक्त नभएको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पठापछि एन्फाले एक स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता नेपालमा नहुने जानकारि दिएको छ ।

अब खेल न्युट्रल भेन्युमा हुँदा नेपाललाइ घरेलु दर्शकको साथ नहुने भएको छ । एन्फाले नेपाली फ्यानहरुलाइ दुःखको साथ यो खबर बताउनु परेको भन्दै स्टेटमेन्ट निकालेको छ । देशको खेलकुद क्षेत्रको एउटा गौरभमय रंगशाला मानिएको दशरथ रंगशालामा विभिन्न अभ्यास तथा राजनीतिक शैक्षिक गतिबिधि समेत हुँदा गुणस्तर खस्किएको भन्दै बारम्बार चासो व्यक्त हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ