Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटि–२० त्रिकोणात्मक सिरिजमा नामिबियामाथी नेपालको रोमाञ्चक जित, करण बने नायक !

टि–२० त्रिकोणात्मक सिरिजमा नामिबियामाथी नेपालको रोमाञ्चक जित, करण बने नायक !


काठमाडौं । टि–२० त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । नामिबियाविरुद्धको दोस्रो टी—२० म्याचमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रनमा सिमित भयो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक रहेको समयमा नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गरे । करणले अन्तिम ओभरमा ७ रन दिदै एक विकेट लिएर उत्कृष्ट बलिङ गरेपछि नेपालको जीत सम्भव भएको थियो ।  नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ को योगदान दिदा जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी र अभिनास बोहराले एकएक विकेट लिएका थिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्न सफल भएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफ ३१ रन बनाएर आउट भए । गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका थिए । बलिङमा नामिबियाका लागि बेन शिकोंगोले सर्वाधिक ३ विकेट, ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एक/एक विकेट लिए ।

नामिबियासँगको दोश्रो खेलमा रोमाञ्चक जित हात परेसँगै नेपाल त्रिकोणात्मक टी–२०आई सिरिजको फाइन पुग्ने सम्भावना बढेको छ । नेपालले अब शनिबार नेदरल्याण्डसँग खेल्नेछ । नामिबिया र नेदरल्यण्डबीच समेत एक/एक खेल हुन बाँकी छ । यी खेलका जित हारको आधारमा नेपालको फाइनल सम्भावना तय हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ