Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिषेधित संसद भवन छिरेर सयौंको प्रदर्शन,सुरक्षा निकायको चौतर्फी आलोचना !

निषेधित संसद भवन छिरेर सयौंको प्रदर्शन,सुरक्षा निकायको चौतर्फी आलोचना !


काठमाडौं । सोमबार बानेश्वरस्थित संसद भवन परिसरमै छिरेर मिटरब्याज र लघुवित्त पीडितले प्रदर्शन गरे । संवेदनशील अनि अति सुरक्षित मानिने, बाक्लो सुरक्षा घेरा रहेको संसदभवन छिरेका मिटरब्याज पीडित अनि लघुवित्तका ऋणीले सांसद र सरकारबिरुद्द नारावाजी गरेका थिए । उनीहरुले समस्या समाधान नगरेर गोली हान्न गृहमन्त्रीलाई चेतावनी दीए ।

यो घटना बारे यतिबेला चौतर्फी चासो व्यक्त गरिएको छ । संसद भवन परिसरमा छिरेर लघुवित्त ऋणीले प्रदर्शन गरेको विषयमा सभामुख देवराज घिमिरेले चासो राख्नुभएको छ । सभामुखले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई फोन गरेर ध्यानाकर्षणसमेत गराउनुभएको छ । संसद भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको सभामुखले आईजीपी कुँवरलाई बताउदा कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी संसद सचिवालयलाई गराउनुभएको छ ।

पहिला बोलाइएको भन्दै २,३ जना र त्यसपछि धकेलाधकेल गर्दै सयौंको संख्यामा संसदमै छिरेर निषेधित क्षेत्रमा भएको यो आन्दोलनले सुरक्षा संवेदनशीलतामा प्रश्न उठाएको छ । यता,चौतर्फी प्रश्न उठेपछि आईजीपी कुँवरले संसद भवन सुरक्षार्थ टोली परिवर्तन गर्नुभएको छ ।

लघुवित्त पीडित र मिटरब्याजीको प्रवेशसँगै संसद भवन बानेश्वरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले भवन क्षेत्रको पेटीमा हिडडुल गर्न समेत कडाई गरिएको छ । निषेधित क्षेत्रको दायरा बढाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ