Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफागुनको १३ दिनमा मात्रै विभिन्न बैंकहरुले राखे राष्ट्र बैंकमा साढे २ खर्ब बढी निक्षेप

फागुनको १३ दिनमा मात्रै विभिन्न बैंकहरुले राखे राष्ट्र बैंकमा साढे २ खर्ब बढी निक्षेप

कर्जा लगानी विस्तार हुन नसक्दा बैंकमा पैसा थुप्रिदै !


काठमाडौं । कर्जा लगानी विस्तार हुन नसकेर ठूलो पैसा होल्ड भएपछि बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेको पाइएको छ । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राखेका हुन ।

राष्ट्र बैंकले यस्तो निक्षेपमा ३ प्रतिशत ब्याज दिएको छ । यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप सिधै राख्न पाउने व्यवस्था गरेको थियो । यो व्यवस्थासँगै अब बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

फागुन २ गते २७ अर्ब ८५ करोड रुपैयाँ, फागुन ६ गते ६० अर्ब, फागुन ९ गते ६९ अर्ब ६५ करोड रुपैयाँ र फागुन १३ मा ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप विभिन्न बैंकबाट राष्ट्र बैंकमा जम्मा भएको छ । कर्जा लगानी थप विस्तार हुन नसकिरहेको अवस्थामा यो बचत रकम थप बढ्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ