Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसरकारको सुशासन अभियान नरोकिने उपप्रधानमन्त्री श्रेष्ठको दाबी

सरकारको सुशासन अभियान नरोकिने उपप्रधानमन्त्री श्रेष्ठको दाबी

अझै धेरै अनियमितताका फाइल खुल्ने !


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार आफ्नो सुशासनको अभियानबाट पछि नहट्ने बताउनुभएको छ । सप्तरीमा आयोजिक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गर्नुभएको हो ।

हरेक राजनीति षड्यन्त्र चिरेर ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको दाबी गर्दै उहाँले सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गर्न सरकार प्रतिवद्द रहेको श्रेष्ठले बताउनुभयो ।

सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने प्रक्रिया नरोकिने दाबी मन्त्री श्रेष्ठले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लामा सर्कुलर गरिएको खुलासा गर्नुभयो । सरकारले मिटरब्याजको समस्या, सहकारी र लघुवित्तको समस्या समाधान गर्नेगरि पहल गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ