Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रसूति गृहबाट चोरी भएको शिशु परिवारको जिम्मामा,यस्तो रहेछ बच्चा चोर्नुपर्ने कारण !

प्रसूति गृहबाट चोरी भएको शिशु परिवारको जिम्मामा,यस्तो रहेछ बच्चा चोर्नुपर्ने कारण !

योजनाबद्ध चोरीको आशंकामा श्रीमान् र दिदी पनि पक्राउ


काठमाडौं । विवाह गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि महिलाले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरी गरेको खुलेको छ । प्रहरीले शुक्रबार राति काँडाघारी क्षेत्रबाट चोरी गरिएको शिशु उद्दार गर्ने क्रममा यस्तो खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले शुक्रबार दिउँसो चोरी भएको २६ दिने शिशुलाई राति नै काँडाघारीबाट उद्दार गरेर बच्चा लिएर जाने दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु हराएपछि क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरी काँडाघारी पुगेको थियोे । प्रहरी टोली घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरे पनि सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि प्रहरीले गरेको छ ।

केही समय बच्चा हेरिदिने भन्दै महिला ट्याक्सी चढेर फरार भएपछि परिवारले प्रहरी गुहारेको थियोे । केही परसम्म बच्चा लिन उनकी दिदी समेत गएको सीसी टीभी फुटेजमा देखिएपछि प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ । योजनाबद्ध चोरिको आशंकामा बच्चा चोरिमा संलग्न महिलाका श्रीमान (नेपाली सेनामा कार्यरत) पुरुष समेत पक्राउ परेका छन् ।

प्रहरीले कुन कानुनी आधारलाई टेकेर कारबाही अघि बढाउने भन्नेबारे निर्णय लिइसकेको छैन । तर यो घटनाले धेरैलाई सचेत भने गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ