Sunday, 28 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगणपूरक संख्या नपुगेर संसद बैंठक स्थगित, खै नैतिकता र जिम्मेवारीबोध ?

गणपूरक संख्या नपुगेर संसद बैंठक स्थगित, खै नैतिकता र जिम्मेवारीबोध ?


काठमाडौं । संसदलाई जनताको सार्वभौम थलोका रुपमा लिने गरिन्छ । किन कि मतदाताको मत लिएर विजयी हुँदै पुगेका सांसदहरुले कानुन बनाउन अनि सरकारलाई खबरदारी गर्न यो फोरममा बहस पैरबी गर्छन ।

सरकार संसदप्रति उत्तरदायी हुनुलाई जनताप्रति उत्तरदायी भएको मानिन्छ । तर बिडम्बना, नेपालको प्रतिनिधि सभा बैंठक बारम्बार गणपूरक संख्या नपुगेर स्थगित हुँदै आएको छ । बिहिबारको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुनुपर्ने थियो तर गणपुरक संख्या नपुगेर स्थगित भयो । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न समय दिनुभयो । विरोधको सूचना फिर्ता लिनका लागि समय दिएपनि सुवालले विरोधको सूचना फिर्ता लिनुभएन । सभामुखले संसदको प्रक्रिया अघि बढाउन खोज्दा एमाले सचेतक महेश बर्तौलाले गणपूरक संख्याको विषय उठाउनुभयो । गणना गर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेको खुल्यो । सभामुख घिमिरेले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेर अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाउनुभयो ।

गणपुरक संख्याको व्यवस्था कानुनी प्रक्रियाका लागि मात्रै नभएर सांसदहरुलाई नियमित उपस्थित गराउने कसी पनि हो । तर हाम्रा सांसदहरु बारम्बार संसदमा गयल हुने गरेका छन् । कतिपय सांसदहरु त हाजिर गरेर बाहिरिने गरेका छन् । सांसद सार्वभौम संसदप्रति उत्तरदायी हुने कि नहुने ? जनताका माग र मुद्धालाई आफूले उठान गर्दा मात्रै नभएर अरुले उठाएको विषयबारे जानकार बन्नुपर्ने कि नपर्ने ? गम्भिर प्रश्न जनप्रतिनिधिमाथि नै उब्जिरहेको छ । गणपुरक संख्या नपुगेर सदन स्थगन हुने अवस्थाले सांसदको जिम्मेबारी अनि इमान्दारिता खै भन्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ