Monday, 29 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल यसैवर्ष पूर्ण खोप लगाउने मुलुक घोषणा हुँदै, खोप अभियान तिब्र !

नेपाल यसैवर्ष पूर्ण खोप लगाउने मुलुक घोषणा हुँदै, खोप अभियान तिब्र !


काठमाडौं। सरकारले चालु आर्थिक वर्षभित्र देशलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य अघि सारेको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य राखिएको हो ।

हालसम्म देशका ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । यस्तै, ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण खोप घोषणा भइसकेको निर्देशिकामा जनाइएको छ । हालसम्म २९ स्थानीय तह र ५ जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी छन् । सातवटा प्रदेशहरूमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण खोप घोषणा भई सकेका छन् । बागमती, मधेस र कोशी प्रदेश पूर्ण खोप घोषणाका लागि गृहकार्यमा रहेको बताइएको छ ।

पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना उमेरसम्मका बालबालिकाले खोप लगाएको अवस्थाको पहिचान र विश्लेषण हुने निर्देशिकामा उल्लेख छ । १६ महिना देखि २३ महिना उमेरसम्मका बालबालिकालाई लगाइने खोपले पूर्णता पाउँदा सरुवा रोगको जोखिम कम हुने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ