Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रहरी निरीक्षकले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते !

प्रहरी निरीक्षकले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते !


काठमाडौं । प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित प्रहरी प्रभाग बलम्बुका कार्यरत प्रहरी निरीक्षक श्रेष्ठले हतियार बुझाउने क्रममा एक राउन्ड गोली चल्दा श्रेष्ठका अङ्गरक्षकसहित एक एक सर्वसाधारण घाइते भएका हुन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले श्रेष्ठका अंगरक्षकको खुट्टामा गोली लागेको र एक सर्वसाधारण घाइते भएकाे जानकारी दिनुभयो । दुवैजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ।

नियतवस घटना भएको नभए पनि केही लापरबाही देखिएका कारण घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइएको एआइजी थापाले जानकारी दिनुभएको छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ