Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेहरु बढ्दै, यसरी बचौँ !

अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेहरु बढ्दै, यसरी बचौँ !

दुई महिनामै गयो पानीमा डुबेर ७२ जनाको ज्यान


ब्रिजबेन । अष्ट्रेलियामा गर्मीयामका कारण समुन्द्री क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ । गर्मीमा पौडी खेल्दै सितलता प्राप्त गर्न समुन्द्री क्षेत्रमा भीडभाड लाग्नु स्वभाविक पनि हो । तर असावधानीका कारण पानीमा डुबेर ज्यान गुमाउनुपर्ने जोखिम समेत अष्ट्रेलियामा उच्च देखिएको छ ।

गत हप्ता मात्रै पर्थमा ४६ वर्षीया एक पुरुषको पानीमा डुबेर ज्यान गएको छ । यसरी ज्यान गुमाउने व्यक्ति नेपाली मुलका भएको नेपाली संघसंस्थाले जनाएका छन् । परिवारको आग्रहमा उहाँको पहिचान गाृप्य राखिएको छ । यो एक प्रतिनिधि घटना मात्रै हो । गर्मीयाम सुरु भएसँगै अर्थात डिसेम्बर र जनवरीको दुई महिनामा मात्रै अष्ट्रेलियाभर पानीमा डुबेर ७२ जनाले ज्यान गुमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी रहेको रोयल लाईफ सेभिङले जानकारि दिएको छ । सरकारी तथ्यांक अनुसार नै ५ वर्षमा पानीमा डुबेर हुने मृत्युदर ४ प्रतिशतले बढेको छ । गर्मीमा विद्यार्थी, बालबालिका, बृद्धबृद्धा सबै समुन्द्री क्षेत्रमा सितलताका लागि पुग्ने भएकाले जोखिबाट बच्न सचेतना अपनाउनुपर्छ । अष्ट्रेलियामा नेपालबाट पढ्न आएका, अनि स्थायी रुपमा बसोबास गर्दैआएका नेपाली मुलका धेरैले वर्षेनी पानीका कारण ज्यान गुमाउनुपरिरहेको छ ।

 

यसरी अपनाऔँ सचेतना
समुन्द्री क्षेत्रमा पुगेर पौडी खेल्दा रातो र पँहेलो मिश्रीत झण्डा भएको क्षेत्रमा मात्रै खेल्ने गरौँ, जहाँ कोही डुब्ने अवस्था आएमा हात उठाएर जोखिमको शंकेत गर्नासाथ लाईफ गार्डले उद्धार गर्नेछन । तटिय क्षेत्रमा पौडी खेल्न मदिरा सेवन गरेर नजानुहोला । पानीमा पस्दा लाईफ ज्याकेज लगाउने, छाल भएको जोखिम क्षेत्रमा नजानुहोस् । पानीमा हुने जोखिमबारे जानकारी लिएर सरकारबाट जारी सचेतनाको पुर्णरुपमा पालना गर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ