Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसम्पत्ति शुद्धीकरणले थाल्यो रवि र जीबी राईमाथी अनुसन्धान, बैंक बिवरण माग्दै पत्राचार !

सम्पत्ति शुद्धीकरणले थाल्यो रवि र जीबी राईमाथी अनुसन्धान, बैंक बिवरण माग्दै पत्राचार !


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईमाथी अनुसन्धान अघि बढाएको छ । विभागले २०८० माघ ८ गते नै काठमाडौंमा रहेका सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेर बैंक खाताको बिवरण, कारोबार, मौज्दात रकम समेतको बिवरण माग्दै अनुसन्धान अघि बढाएको हो ।

खाता भए नभएको र भएमा कस्तो खाता छ भनी सोधेको विभागले बैंक खाताको सबै विवरण,बैंक स्टेटमेन्ट,खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण माग गरेको छ । लामिछाने र राईमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझका सिलसिलामा खाता विवरण चाहिएको भन्दै बैंकलाई काटिएको पत्र भर्खरै मात्र लिक भएको छ । कुनै पनि व्यक्तिको बारेमा उजुरी परेपछि यहि प्रक्रियाबाट सम्पत्ति शुद्धीकरणले विवरण माग्ने गर्दछ । यो पत्राचारले रवी र विगतका उनका व्यवसायिक साझेदार जीबी राई दुवैजनामाथि उजुरी परेकाले छानविनको प्रारम्भिक चरणमा बैंकहरुबाट खातासम्बन्धी विवरण मागिएको आँकलन गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहतको सरकारी निकाय हो । रास्वपा सभापति रवि लामिछानेलाई जीबी राईको सहकारी घोटाला प्रकरणमा मुछेर उजुरीसँगै छानविन भैरहँदा सम्पत्ति शुद्धीकरणमा समेत गोप्य उजुरी परेर छानबिन भैरहेको पुष्टि बैंकलाई भएको पत्राचारबाट पुष्टि भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ