Tuesday, 30 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका क्रिकेट पारखिहरुको डिजिटल अभियान ‘स्क्वाड नेपाल’ दोस्रो वर्षमा

अष्ट्रेलियाका क्रिकेट पारखिहरुको डिजिटल अभियान ‘स्क्वाड नेपाल’ दोस्रो वर्षमा

खेलसँगै समुदाय जोड्ने अभियान !


ब्रिजबेन । क्रिकेट अष्ट्रेलियाको पहलमा गत फेब्रुअरी १० बाट सुरु भएको डिजिटल फोरम स्क्वाड नेपाल दोस्रो वर्षका प्रवेश गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै खेलप्रतिको उत्साह बाड्न,क्रिकेट समुदायको विकासका लागि थालिएको डिजिटल प्लेटफर्मले स्थापनाको पहिलो वार्षिकोत्सब मनाएको हो ।

गत वर्षको१० फेब्रुअरीमा सुरु भएको क्रिकेट पारखीको डिजिटल फोरममा नेपाली समुदायका २ हजार ५०० भन्दा बढी क्रिकेट प्रेमीहरू जोडिनुभएको छ । यो अभियानले खेलप्रतिको आफ्नो उत्साह बाँड्न र अष्ट्रेलियाको क्रिकेट समुदायसँग सबैलाई जोडिने अवशर प्राप्त हुने विश्वास गरिएको छ । नेपाली समुदायलाई एकीकृत गर्दै,क्रिकेट खेलमा नेपालीको सहभागिता, खेलको विकास गर्ने फराकिलो प्रयासको एउटा हिस्सा स्क्वाड नेपाल भएको क्रिकेट अष्ट्रेलियाका फ्यान इन्गेजमेन्ट म्यानेजर माइकल हेनेसीले जानकारी दिनुभयो ।

स्क्वाड नेपाल फेसबुक समूहको सफलता यसको सदस्यता संख्यामा मात्रै नभएर नेपाली डायस्पोराहरूमा बढाएको सक्रिय संलग्नता र आबद्धताको भावनाबाट मापन हुने हनेसीले बताउनुभयो । क्रिकेट अष्ट्रेलियाले नेपाली समुदायको अमूल्य योगदानलाई उजागर गर्न खेलकुदको विकास र प्रशंसकलाई एकजुट गराउन भुमिका खेल्नेछ ।

अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट फ्यानहरूका लागि स्क्वाड नेपाल स्थापनादेखि एक जीवन्त समुदाय समुदाय बन्दैआएको छ । यस्ता डिजिटल प्लेटफर्म थप विकास भएर अष्ट्रेलियाको क्रिकेट संस्कृतिलाई बढावा दिने विश्वास समेत गरिएको छ । स्क्वाड नेपालको पहिलो वार्षिकोत्सवको उत्सव अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि राष्ट्रलाई परिभाषित गर्ने कोशेढुङ्गा सावित हुने,खेल मार्फत देश र भावना जोड्न सहयोगी हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ