Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा बस्ने नेपालीलाई फाईदा, बिहान ८ देखी बेलुका ८ सम्मै अध्यागमनको सेवा !

विदेशमा बस्ने नेपालीलाई फाईदा, बिहान ८ देखी बेलुका ८ सम्मै अध्यागमनको सेवा !


काठमाडौं । अध्यागमन विभागले आजबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिन सुरु गरेको छ । स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि यसअघि कायम रहेको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मलाई थप विस्तार गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभएको हो ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप,गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुनेछ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले आग्रह गरेको छ । बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले स्पष्ट पार्नुभएको छ ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेवाफत कर्मचारीहरुले अर्थमन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।’ सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने छ । महानिर्देशक तामाङले भन्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ