Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगायक दुर्गेशमाथि स्टेजमै जुत्ता प्रहार, भन्छन्- “कलाकारलाई कहिलेकाही यस्तो हुन्छ !”

गायक दुर्गेशमाथि स्टेजमै जुत्ता प्रहार, भन्छन्- “कलाकारलाई कहिलेकाही यस्तो हुन्छ !”


काठमाडौं । गायक दुर्गेश थापामाथि स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले जुत्ता प्रहार गरेका छन् । महोत्सवमा प्रस्तुति दिइरहेको बेला शनिबार राति २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको हो ।

एसपी राजीव बस्नेतले भन्नुभयो, – ‘महोत्सवको अन्तिम दिन २०–२५ हजार मानिसको भिड थियो । एक जना मानिसले जुत्ता हान्यो भने । दुर्गेश आउँदै थिए,‘जुत्ता हान्ने व्यक्तिलाई प्रहरीले ल्याएर राखेका थियो । आईतवार दुर्गेश र आयोजक आएर भेटे । जुत्ता हान्ने व्यक्तिले मैले इन्टेनसनले हानेको होइन, एक्साइटेट भएर हानेको भने ।’ गायक दुर्गेशले कलाकारलाई यस्तो हुन्छ भनेर सामान्य रुपमा लिदै माफी दिनुभएको छ ।

कसैले जानाजान जुत्ता प्रहार गरेको भए आफूले कानुनी उपचार नगरी त्यसै नछोड्ने समेत दुर्गेशले बताउनुभएको छ । तर सार्वजनिक भएको भिडियोमा भने सिधै जुत्ता गायक दुर्गेशको टाउकोमा लागेको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ