Monday, 12 February 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन सरकारलाई संसदीय समितिको निर्देशन !

विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन सरकारलाई संसदीय समितिको निर्देशन !


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको छ । आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफल गरेको समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन निर्देशन दिएको हो ।

सभापति रामहरि खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी जनशक्ति थप गरी बाहिरबाट आउँदा भीड नहुने गरी सहजता दिन पहल गर्न निर्देशन दिइएको जानकारि दिनुभयो । यस्तै, समितिले मानव तस्करी नियन्त्रण गर्न, भिजिट भिसामा देखिएका समस्या समाधान गर्न, भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा दिन समेत सरकारलाई निर्देशन दिएको छ ।

विदेशमा श्रम बेच्न र उच्च शिक्षाका लागि भन्दै दिनमै ३ देखी ५ हजार यात्रु बाहिरिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो चाप पर्ने गरेको छ । एकै पटक धेरै यात्रुले हवाई यात्रा गर्दा विमानको समय तालिका परिवर्तन देखि अध्यागन लगायतका जाँचमा घण्टौँ लाईन बस्नुपर्ने बाध्यतामा यात्रुहरु रहेका छन् । यदी संसदीय समितिको निर्देशन कार्यान्यवनमा सरकार र सरोकारवाला सरकारी निकाय जिम्मेवार बनेमा नेपालबाट उडान भर्नुपर्ने यात्रुले ठूलो राहत पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ